पोखराः प्रहरीले बिहानै बन्दकर्ताहरुलाई पक्राउ गरेपनि पोखरा र लेखनाथक्षेत्रको जनजीवन दिनभर प्रभावित भयो ।

बन्द गराउन बिहानै झण्डासहित निस्केका विप्लप माओवादीका कार्यकर्तामध्ये पृथ्वीचोकबाट १६, बिपीचोकबाट ४ र लेखनाथको तालचोकबाट ३ जना लाई प्रहरीले समातेको थियो ।

बन्दकर्ता समातिएपछि कुनै अबरोध नभएपनि शहरका मुख्य मुख्य बजारमा सवारी, उद्योग, व्यापारिक प्रतिष्ठान, बिद्यालय र पसलहरु ठप्प रहे ।

भारतीय नाकाबन्दीले समस्यामा परेका जनताले बन्दले झनै मर्कामा परेको गुनासो गरेका थिए ।

Post a Comment

 
Top