पाल्पा, १३ मङ्सिर । अर्थमन्त्री विष्णुप्रसाद
पौडेलले मुलुकले खेपिरहेको नाकाबन्दीको समस्या
समाधानका लागि मधेसकेन्द्रित दलसँग आन्तरिक
रुपमा वार्ता भइरहेको हुँदा छिट्टै समस्या
समाधान हुने बताउनुभएको छ ।
सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डको
सिद्धबाबा क्षेत्रमा जाने पहिराको अवलोकन
तथा निरीक्षणका क्रममा मन्त्री पौडेलले भारतले
गरेको अघोषित नाकाबन्दीले मुलुकमा देखापरेको
समस्या हटाउन भारतसँग कूटनीतिक वार्ता
भइरहेको जानकारी पनि दिनुभयो । रासस

Post a Comment

 
Top