१६ मंसिर, कलैया । बारा जिल्ला अदालतले डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका दुई नेतालाई पुर्वपक्षका लागि कारागार पठाएको छ भने दुई जनालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ ।
CK-Raut-Caderssजिल्ला न्यायाधिवक्ता खडानन्द गौतमका अनुसार बारा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको एकल इजलासले टेढाकटी १ निवासी बृजेश सिंह र नरही गाबिस ७ बस्ने सदाम हुसेनलाई पूर्पक्षका लागि वीरगञ्ज करागारमा पठाउने आदेश भएको हो । महागढीमाई नगरपालिका-१ बस्ने राजाबाबु साह र कलैया नगरपालिका ५ बस्ने बिनोद सर्राफलाई सधारण तारिखमा छाड्ने आदेश भएको उनले जानकारी दिए ।
सरकारको तर्फबाट जिल्ला न्यायधिवक्ता खडानन्द गौतम र प्रतिवादीको तर्फबाट अधिवक्ताहरु ओमप्रकाश केसरी, परमहंस केसरी, श्यामबिहारी कुसवाहा, एकरामुल हक, महम्द रफिक अन्सारीले बहस गरेका थिए ।
बारा प्रहरीले महागढीमाई नगपालिका-१ बरियारपुरमा भेला गरिरहेको अवस्थामा पक्राउ गरी हातहतियार तथा खरखजाना मुद्दा दायर गरेको थियो । डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्ता पक्राउ गरी कारवाही भएको यो नै जिल्लाको पहिलो घटना हो ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।


Post a Comment

 
Top