काठमाडौँ, १६ मङ्सिर । सरकारले बंगलादेशबाट इन्धन ल्याउने प्रक्रिया सुरु गरेको छ । वाणीज्य तथा आर्पूति मन्त्रालयले बंगलादेशबाट इन्धन ल्याउने प्रक्रिया थाल्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेसँगै यो प्रक्रियाले सार्थकता पाउन लागेको हो ।

यस अघि इन्धन आयातमा संभावना बुझ्न गएको नेपाल आयल निगमको टोलीले बंगलादेशबाट नेपालमा सहजै इन्धन ल्याउन सकिने प्रतिबेदन बुझाएको थियो ।

यसअघि इन्धन आयातकै लागी पेट्रो चाइनासँग सम्झौता भएपनि दोहोरो कर प्रणालीका कारण सरकार निष्र्कषमा पुग्न नसकीरहेका बेला फेरी सरकारले बंगलादेशबाट इन्धन ल्याने औपचारिक तयारी थालेको हो । बंगलादेशबाट ग्यास बाहेक पेट्रोल, डिजेल र हवाई इन्धन ल्याउन सकिन्छ ।



Post a Comment

 
Top