मंसिर १८, २०७२- मधेसी मोर्चामा आवद्ध चार दलका अध्यक्षहरु आइतबार बिहान भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो र तमसपा अध्यक्ष महेन्द्र राय यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलगायतसँग भेट गरी मधेसमा १ सय १० दिनदेखि जारी आन्दोलनका बारे छलफल गर्ने उच्च स्रोतले जानकारी दियो । उनीहरु सोमबार फर्किने बताइएको छ ।




Post a Comment

 
Top