काठमाडौं— अर्थमन्त्री विष्णु पौडेलले अघोषित नाकाबन्दीको नाममा हुर्किएको तस्करी प्रवृत्तिलाई अघि बढ्न नदिन प्रभावकारी अनुगमन संयन्त्रलाई अघि बढाएकोे र दोषीमाथि कारवाहीको दायरामा ल्याएर कानूनी राज स्थापित गर्न सरकार लागि परेको र केही कारवाहीको भागिदारीसमेत बनिसकेको बताएका छन्।

देशमा बढिरेहेको कालोअर्थतन्त्रको बारेमा बुधवार रिपोर्टर्स क्लबमा बोल्दै उनले कालोबजारीलाई कारवाहि भइसकेको बताएका हुन्। उनले यस्तो अभिव्यक्ति दिए पनि बजारमा छ्याछ्यास्ति कालोबजारीको तेल जताततै पाइने क्रम भने रोकिएको छैन ।

नेपाल आयल निगम जस्ता सरकारी संयन्त्रकै संलग्नतामा बजारमा खुलेआम कालोबजारी भइरहेको अवस्थामा अर्थमन्त्रीले कालोबजारीलाई कारवाहि भइसकेको बताएका हुन्। यसबाट आम नागरिकले शंका गरेझै कालोबजारीमा सरकारी संलग्नता झन् बढी भएको देखिन्छ ।

बिना कुनै ठोस कार्यक्रम श्वेत पत्र ल्याएका अर्थमन्त्रीले कालोबजारी नियन्त्रण तथा अर्थतन्त्रलाई तत्काल दिनुपर्ने पुनः जीवनका कार्यक्रम दिन नसकेकोमा धेरै आलोचना खेपिरहेका छन्। पौडेलले स्वेतपत्रले मुलुकको पछिल्लो अर्थतन्त्रको अवस्थाको विषयमा जानकारी दिने र समाधानको उपायमा यो बजेटकै सीमाभित्र रहेर सरकारले के गर्छ भन्ने उल्लेख भएको समेत स्पष्ट पारे।

उनले अर्थतन्त्रमा देखिएको मुद्रा स्फिती नियन्त्रण गर्न र कुल ग्राहस्थ उत्पादनमा प्रभाव पर्न नदिन अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन कुटनीतिक र राजनीतिक दुबै उपायमा सरकार गंभिरताका साथ प्रयासरत रहेको जानकारी दिदै भने,' सरकार निश्चित खाद्य बस्तुमा आत्मनिर्भर हुने, राष्ट्रिय गौरबको आयोजनालाई अगाडि बढाउने त्यस्तै कृषि र उर्जामा अर्थतन्त्रलाई केन्द्रीत हुन्छ ।'

अर्थमन्त्री पौडेलले भुकम्पको पीडा, मधेसको आन्दोलन र नाकाबन्दीको समस्यालाई समाधान गर्ने जिम्मेवारीसहित बर्तमान सरकार निर्माण भएकोले यसलाई समाधान गर्न राजनीतिक र कुटनीतिक प्रक्रिया अगाडि बढाएको भन्दै परिणाम तत्काल आईनसकेपनि सरकार त्यसमा नथाकि लागिरहेको बताए ।

उनले भने,' अघोषित नाकाबन्दी हटाउन सरकारले राजनीतिक र कुटनीतिक संबाद अगाडि बढाएको छ । राजनीतिक र कुटनीतिक संबादबाट समस्या समाधान गर्न सकिन्छ । अहिले परिणाम नआएपनि सरकार यसमा नथाकी लागेको छ । संबादबाट जसतो सुकै संकट समाधान गर्न सक्छौ । विश्वमै उदाहरणीय रुपमा १० वर्षे शसस्त्र यूद्धलाई संबादमार्फत समाधान गर्यौ भने आजको समस्या समाधान गर्न सक्दैनौ भन्ने सरकारलाई लागेकै छैन । यो समस्या लामो समय जाँदैन । नाकाबन्दी ठिक छैन भन्ने सबैलाई लागेकोले छिट्ै समस्या समाधान हुन्छ ।'

अर्थमन्त्री पौडेलले विगतमा मुलुकमा यस्तै समस्या आउँदा पनि यस विषयमा नसोच्दा यस्तो समस्या दोहोरिएको भन्दै अब यस्तो नदोहोरियोस भनेर ब्यापार विविधिकरण गर्न सरकार लागिपरेको बताए।

अर्थमन्त्री पौडेलले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने प्रयास जारी रहेको भन्दै अब सरकारले ब्यापार विविधिकरणसँगै पूर्वाधार निर्माणलाई पनि अघि बढाउने बताए। उनले भने,' चीनसँग ब्यापार गर्ने प्रमुख नाका रसुवागढीदेखि गल्छी सम्मको सडक डबल लेनको दुई वर्षसम्म बनाउने प्रक्रिया अगाडि बढाईसकेका छौ ।'

भुकम्प पुर्ननिर्माण प्राधिकरण निर्माण नहुँदा विकास साझेदारहरुले चासो र चिन्ता ब्यक्त गरेको उल्लेख गर्दै उनले प्राधिकरण विद्येयक तत्काल पारित गर्नु पर्नेमा जोड दिए । उनले भने,' भुकम्प पीडितको पीडामा सरकार संबेदनशिल छ, जाडोको लागि तत्काल तातो कपडाको लागि १० हजार रुपैया दिने निर्णय गरेका छौ । यसले पुग्दैन विशेष ब्यवस्था छिट्टै गर्छौ ।'


Post a Comment

 
Top