ताजाखबर, १६ मंसिर- बहराइनको मनामा अल रिफा एरियामा गत बैशाखमा आफ्नै साथीको लिङ्ग काटी हत्या गर्ने तिल पुन मगरलाई त्यहाँको अदालतले आजीवन कैद सजाय सुनाएको छ । नाईट ड्युटीमा काम गर्दै आएका कास्की पोखराका तिल पुन मगरले आफुसँगै काम गर्ने मोरङ बेलबारीका दिपेन्द्र बस्नेतको धारिलो हतियार प्रयोग गरि लिङ्ग काट्नुका साथै अन्य भाग पनि क्षतविक्षत गराउँदै हत्या गरेका थिए । बस्नेतको हत्या गरेपछि मगरले अष्पस्ट भिडियो मोबाइलबाट खिचेर आफ्नै फेसबुकको वालमा राखेका थिए । उनले भिडियो राख्दै आफु सामान्य मानिस जस्तो नभएको र आफु सामान्य मानिस नभएपनि सामान्य तरिकाले जीवन जिउन खोज्दा हस्तक्षेप गरेकोले हत्या गर्न बाध्य परेको उल्लेख गरेका छन् । तर शवको पोस्टमार्टम गर्दा उनको दावी पुष्टि नभएपछि जन्मकैदको फैसला सुनाइएको हो । मृतक दिपेन्द्रको मोरङ बेलबारीमा एक छोरा, एक छोरी र श्रीमती छन् । मृतकको शव नेपाल पठाउन प्रक्रिया अघि बढाइएको छ ।

Post a Comment

 
Top