मंसिर २७, २०७२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारत पठाउन तयारी हालतमा राखिएको डाबर नेपालको उत्पादनहरुलाई नियन्त्रणमा लिएर छानविन थालेको छ । केन्द्रबाट आएको अख्तियारको टोलीले आइतबार बिहान वीरगन्जको सिर्सियास्थित सुख्खा बन्दरगाहमा डाबरको ७७ कन्टेनर सामान नियन्त्रणमा लिएर छानविन थालेको हो ।
अख्तियारको टोलीले ति कन्टेनर खोलेर चेकजाँच थालेको छ । अख्तियारका डिएसपी हिमालय श्रेष्ठले निर्यात गर्न लागिएको सामग्रीको गुणस्तर र म्याद लगायतका विषयमा सूचना आएपछि छानविन थालिएको बताए । अख्तियारको अर्को टोली बारा रामपुर टोकानीमा रहेको डाबर नेपालको उद्योगमा पनि पुगेको छ ।
भन्सार प्रमुख देवीप्रसाद भण्डारीले डाबरले ९० कन्टेनर सामान निर्यात गर्ने तयारी गरेकोमा ७७ कन्टेनर सामग्री बन्दरगाहमा आइपुगेको जानकारी दिए ।


13 Dec 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top