वीरगन्ज : वीरगन्ज–रक्सौलको मितेरी पुलमा जारी मधेसी दलको नाकाबन्दीप्रति राजनीतिक विश्लेषकद्वय खगेन्द्र संग्रौला र सिके लालले ऐक्यबद्धता र समर्थन जनाएका छन् ।

मितेरी पुलमा जारी मधेसी दलको धर्ना र नकाबन्दी स्थलमा शनिबार पुगेर दुबैजनाले नाकाबन्दीप्रति ऐक्यबद्धता जनाएका हुन् । उनीहरुले धर्नास्थलमा केहीबेर बसेर आन्दोलनकारीहरुको अवस्थाबारे जानकारी पनि लिए ।

धर्नास्थलमै सन्चारकर्मीसँग कुरा गर्दै राजनीतिक विश्लेषक संग्रौलाले गणीतीय हिसाबले ९० प्रतिशत जनप्रतिनिधिले बनाएको भनिएको नयाँ संविधान म्याद गुज्रिएको औषधिजस्तै भइसकेको टिप्पणी गरे ।

अहिले उग्र पहाडी राष्ट्रवादले देश चलिरहेको भन्दै संग्रौलाले चीनबाट नेपालको निर्वाह नचल्ने ठोकुवा गरे । सीमांकनको मुद्दा अहिले टुंगिएन भने कहिल्यै नटुंगिने दावी गर्दै संग्रौलाले संविधान निर्माण गर्नेहरुले संघीयतालाई किस्ताबन्दी गरेको बताए ।

नेपालमा कुनै अखण्डवादी नभएको भन्दै उनले मधेसले एकीकृत नेपाल भित्रको समान अधिकार मागेकोले मधेस आन्दोलनलाई विखण्डको आन्दोलन भनेर बदनाम गरिएको बताए । संग्रौलाले चीनबाट तेल आपूर्ति गर्दैमा नेपालको निर्वाह नहुने पनि बताए ।

अर्का राजनीतिक विश्लेषक सिके लालले मधेस आन्दोलन मधेसीको अस्मिताको लडाई भएको बताए । मधेसको तीन पुस्ता एकैपटक सडकमा आन्दोलनमा रहेको भन्दै उनले भने, ‘अव अर्को पुस्ताले आन्दोलन गर्न नपर्ने गरी अहिलेको आन्दोलनलाई सार्थक बनाउनुपर्छ ।’

उनले राज्यले अहिले पनि मधेसी माथि बेईमानी गरेको भन्दै मुर्खबाट शासित हुनु मधेसीको लागि दुर्भाग्य भएको बताए । पूर्वसचिव डा.प्रविण मिश्रले समान अधिकारको लागि मधेसी जनताले मत दिएर जितेको सरकारले नै अहिले गोली हानेर दमन गरेकोमा आक्रोश व्यक्त गरे ।

 उनले भने, ‘मधेसी जनताले ब्यालेट दिए तर बदलामा  सरकारले बुलेट दियो ।’ यसको  जबाफ मधेसी जनताले ब्यालेटले नै दिने भन्दै उनले मधेसी जनतालाई धोका दिएर राजनीतिक दलहरु संवेदनहिन भएको आरोप लगाए ।
12 Dec 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top