सभामुख ओनसरी घर्ती मगरले व्यवस्थापिका संसदमा देखिएको अवरोधको अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलहरुसंगको छलफल सकरात्मक भएकोले संसद सुचारु हुनेमा आफु विश्वस्त रहेको उहाँले बताउँनुभयो । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण संसद बैठक केही समयदेखि अवरुद्ध हुँदै आएको छ । जसको कारण महत्वपूर्ण विधेयकहरु संसदमा पेश हुन नसकेको भन्दै विभिन्न पक्षवाट चर्को आलोचना समेत हुन थालेको छ । 
15 Dec 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top