काठमाडौं- तीर्थ यात्राभन्दै तीन दिने निजी भारत भ्रमणमा निस्केका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुस्मा स्वराजसँग भेटवार्ता गरेका छन्।

भेट अवसरमा भारतीय विदेशमन्त्री स्वराजले पुरानै कुरा दोहोर्या इन्। 'नेपालले सामना गरिरहेको राजनीतिक समस्याका लागि आकस्मिक राजनीतिक समाधान आवश्यक छ', भेट लगत्तै भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्विट गर्दै भनेका छन्।

संविधान सभाले संविधान जारी गरेपछि असन्तुष्ट देखिएको भारतले त्यसपछि नाकाबन्दी लगाउँदै आएको छ। नाकाबन्दी खोल्नका लागि भारतीय पक्षले 'राजनीतिक समाधान पहिला हुनुपर्ने' बताउँदै आएको छ। भारतको राजनीतिक समाधान वाक्यांशभित्र प्रदेशहरुको सिमाङ्कन हेरफेर, नागरिकता विषय लगायत रहेका छन्।
CVNJM VU8AAZJLc
यसअघि परराष्ट्रमन्त्री थापाले भारतको औपचारिक भ्रमण गरे पनि त्यसले सार्थकता पाउन सकेको थिएन।

यो पटक उपप्रधान तथा परराष्ट्रमन्त्री थापा आध्यात्मिक गुरु रवीशंकरको निमन्त्रणामा सोमबार भारतको बैङलोर गएका थिए। उनी मंगलबार राजधानी नयाँदिल्ली फर्केका हुन्। नयाँदिल्लीमा उनीसँग भारतीय सुरक्षा सल्लाहकार अजित डोबले भेट गरेका छन्। थापा आजै काठमाडौं फर्किंदै छन्।


Post a Comment

 
Top