अब तपाई हलमा कुनै पनि भाषाका चलचित्र हेर्न जाँदै हुनुहुन्छ भने बसेको सिटबाट उभिनु पर्नेछ । चलचित्र विकास बोर्डले देशभरका हलमा ‘राष्ट्रिय गान’ अनिवार्य  वजाउनु पर्ने नियम ल्याएको छ । चलचित्र विकास बोर्डमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजकुमार राइले यो नियम चलचित्र संघसँगको छलफलमा लागू गर्न लागेको बताए ।
चलचित्र प्रदर्शन ऐन २०२६ को दफा ९ को उपदफा २ मा भएको व्यवस्था बमोजिम चलचित्र विकास बोर्डले टू के तथा एमपीइजी भर्सनमा राष्ट्रिय गानको श्रव्यदृश्य सामाग्री चलचित्र संघलाई उपलब्ध गराउनेछ । र संघले चलचित्र भवनहरुमा कार्यन्वयनका लागि उपलब्ध गराउने बताइएको छ ।
नेपाली हलहरुमा नेपाली मात्र नभई हिन्दी, अंग्रेजी वा कुनै पनि भाषाका चलचित्र चलाउँदा राष्ट्रिय गानको भिडियो बजाउनुपर्ने छ । यस्तै, विकास बोर्ड र चलचित्र संघविच भएको सहमती अनुसार अब देशभरका मल्टिप्लेक्समा निर्माताले पाउने शेयरमा वृद्धी भएको छ ।
जसअनुसार पहिलो हप्ता ५० प्रतिशत, दोश्रो हप्ता ४२.५ प्रतिशत, तेश्रो हप्ता ३७.५ प्रतिशत र त्यसपछिका हप्तामा निर्माताले ३० प्रतिशत शेयर पाउनेछन् । यो संझौता सिंगल स्त्रिmनमा भने लागू हुनेछैन । काठमाण्डौका सिंगल स्त्रिmनमा निर्माताले ५५ प्रतिशत शेयर पाउदै आएका छन् ।
यस्तै, बोर्ड र चलचित्र संघविच भएको संझौता अनुसार अब हलमा नेपाली चलचित्रका निर्माताले २ साता ट्रेलर बजाएको रकम तिर्नुपर्ने छैन । यसअघि केही मल्टिप्लेक्सले नेपाली चलचित्रको ट्रेलर बजाएको रकम मनपरि रुपमा असुल गर्दै आएका थिए ।
चलचित्र विकास बोर्डले अब हरेक बर्ष २ वटा नेपाली चलचित्रलाई विशेष सिनेमाको सूचीमा राख्ने पनि भएको छ ।
यो बर्ष विशेष चलचित्रको सूचीमा ‘सुनपानी र १२ नेपाली एक चिहान’लाई छनोट गरिएको छ । यी चलचित्रलाई विश्वका विभिन्न देशमा आयोजना हुने महोत्सवमा सहभागीताका लागि सिफारिश गरिने, सव-टाइलट बनाइदिने लगायतका सुविधा प्रदान गरिनेछ । कार्यक्रममा चलचित्र ‘सुनपानी’का निर्माता तथा निर्देशकलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । sunpani-lai-pramad-patra
कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमारले राइले बक्स अफिस आफ्नो मुख्य एजेण्डा भएको भन्दै यो लागू गराएरै छाड्ने दोहोर्‍याएका छन् । नेपालमा सुरु नै नभएको कुरा लागू गर्न गाह्रो हुने भन्दै उनले केही दिन भित्र नै ‘ई-टिकट’को बिषयमा पनि जानकारी गराउने बताए ।


Post a Comment

 
Top