काठमाडौं, मंसिर २४ । सत्तारुढ दल, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र आन्दोलनरत् मधेसी मोर्चाबीच आज (विहीबार) वार्ता हुने भएको छ ।

भारत भ्रमणबाट मधेसी मोर्चाका शीर्ष नेता स्वेदश फर्किएसँगै त्रिपक्षीय वार्ता हुन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (विहीबार) दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकार, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र मोर्चाका नेताहरुबीच वार्ता हुन लागेको आफ्नो ट्वीटमार्फत् जानकारी दिएका हुन् ।

यसअघि, प्रधानमन्त्रीले बोलाएको त्रिपक्षीय वार्तामा सहभागी नभइ मोर्चाका नेताहरु काठमाडौंस्थित भारतीय दूतावास पुगेका थिए । त्यसपछि गत आइतबार मोर्चाका नेताहरु नयाँदिल्ली लागेका थिए । 

Post a Comment

 
Top