मंसिर २२, भारतको झारखण्डस्थित रामगढ जिल्लाको भुरकुण्डा रेलवे स्टेसन नजिकै रेल र जीप ठोक्किँदा १३ जनाको मृत्यु भएको छ ।

हावडा–भोपाल चल्ने रेलमा उक्त जीप ठोक्किँदा १३ जनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा परि मृत्यु हुनेमा तीनवर्ष देखि पाँच वर्षसम्मका ६ जना बालबालिका, चार महिला र तीन जना पुरुष रहेको रामगढ प्रहरीले जनाएको छ ।

हावडा–भोपाल एक्सप्रेसको रेलले जीपलाई रेलवे लाइन पार गर्न लाग्दा ठक्कर दिएको हो । घटनापछि चाँडै उद्दारको काम भएको थियो । 

Post a Comment

 
Top