२१ मंसिर, नयाँदिल्ली । नेपालबाट मधेसी नेताहरु दिल्ली भ्रमणका आएका बेला सोमबार बिहानै यहाँको सहारा राष्ट्रिय दैनिकले प्रकाशित गरेको मनगढन्ते समाचार हेर्ने हो भने नेपालीहरुलाई उदेक लाग्न सक्छ । दिल्लीबाट प्रकाशित यो पत्रिकाले नेपालमा मधेसीहरुले चलाइरहेको आन्दोलनको विरोधमा माओवादीहरु त्रिएको लेखेको छ । साथै भारतीय राजदूत रञ्जित रेमाथि प्रहार भइरहेको र चीनले पहाडी र मैदानी क्षेत्रका नेपालीमाथि वैमाश्यता बढाउने काम गरिरहेको लेखेको छ ।

नेपाल र भारतवीचको सम्बन्ध विगार्नमा भारतीय मिडियाहरुले कस्तो भूमिका खेलिरहेका छन् भन्ने त यो समाचारले पुष्टि गरेको छ नै, अझ भारतीय मिडियाहरु पत्रकारिताको सिद्धान्तकै हिसाबले पनि कति केटौले र हावादारी भूमिका खेल्दैछन् भन्ने उनीहरुको स्तर पनि यो समाचारले देखाएको छ ।

मधेसमा भइरहेको आन्दोलनप्रति कांग्रेस र एमाले भन्दा माओवादीहरु नरम छन् र मधेसमा रहेका माओवादी कार्यकर्तासमेत मधेस आन्दोलनमा भौतिकरुपमै लागेका छन् । तर, भारतीय पत्रिकाले भनेको छ- ‘यहाँसम्म कि नेपालमा माओवादीले मधेसी आन्दोलनको विरोधमा आन्दोलन सुरु गरेको छ ।’

Post a Comment

 
Top