Via:Online khabar

२१ मंसिर, काठमाडौं । संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले सिंगो मधेसले कसरी संविधान अस्वीकार गर्‍यो आफूले नबुझेको बताएका छन् । सुशील कोइरालाले प्रधानमन्त्रीमा चुनाव जितेको भए उपेन्द्र यादव उपप्रधानमन्त्री बन्ने नेम्वाङले संकेत गरेका छन् ।
सोमबार ‘हाम्रो संविधान, जनताको संविधान नामक’ प्रचारात्मक अभियान सुभारम्भ कार्यक्रममा संविधानसभाका पूर्व अध्यक्षनेम्वाङले संविधानमा ९१ मधेसी सभासदले हस्ताक्षर गरेको र ३९ ले मात्र बहिस्कार गरेको बताए । १६९ जनजातिले हस्ताक्षर गरेको र १२ जनजातिले मात्रै संविधानमा हस्ताक्षर नगरेको नेम्वाङले हिसाब सुनाए । उनीहरु मध्ये एकजना पनि प्रत्यक्ष निर्वाचित नभएको भन्दै नेम्वाङले भने, सिंगो मधेसले अस्वीकार गर्‍यो, जनजातिले अस्वीकार गर्‍यो भन्छन्, म हिसाबमा कमजोर छु, मैले बुझिँन ।’
संविधानमा ८ जना खस आर्य, ३९ जना मधेसी र एक जना दलितले हस्ताक्षर नगरेको नेम्वाङले बताए । ९१ जना मधेसीले संविधानमा हस्ताक्षर गरेको उनले जामनकानरी दिए ।
संविधानसभा बहिस्कार गरेका दलहरु समेत प्रधानमन्त्री निर्वाचनमा सहभागी भएको भन्दै उनले संविधानलाई सिंगो देशले संविधान स्वीकार गरेको बताए । उनले भने, म त कानूनको विद्यार्थी केपी ओलीजी जित्नुभो । विजय गच्छदार उपप्रधानमन्त्री बन्नु भो । सुशील कोइराला विजयी हुनु भएको भए उपेन्द्र यादव के बन्नु हुन्थ्यो होला ? मैले बुझेको उपप्रधामन्त्री बन्नुहुन्थ्यो होला ।’
संविधानसभाका पूर्व अध्यक्ष नेम्वाङले नेपालको संविधानमा ८९ प्रतिशतको उपस्थितमा पास भएको र ८५ प्रतिशतले हस्ताक्षर गरेको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त आफूलाई संविधान निर्माण प्रक्रियाको क्यासेट नै ल्याएर दिएको उनले सुनाए ।
त्यसको आफूहरुलले अध्ययन गरेको भन्दै उनले भारतको संविधान ६५ प्रतिशतले पास गरेको बताए ।
निर्वाचन क्षेत्र निर्धारणलाई लिएर पनि असन्तुष्टि देखिएको भन्दै उनले भारतको उदाहरण प्रस्तुत गरे । भारतमा ४७ हजार मतदातादेखि ३५ लाखसम्म मतदाता रहेको निर्वाचन क्षेत्र रहेको विवरढा प्रस्तुत गरे । निर्वाचन क्षेत्र २० वर्षमा पुनारावलोकन गर्ने व्यवस्थाको पनि विरोध भएको भन्दै उनले भने, भारतमा ५० वर्षदेखि निर्वाचन क्षेत्र पुनरावलोकन भएको छैन ।’
पूर्व सभामुख नेम्वाङले जनतालाई दुःख दिने नाकाबन्दी गलत भएको भन्दै फिर्ता लिन आग्रह गरेका छन् ।
 

Post a Comment

 
Top