२० मंसिर, काठमाडौं । भारतका पूर्व गृहमन्त्री पि चिदाम्बरमले नेपाल-भारत सम्वन्ध इतिहासकै न्यून बिन्दुमा पुगेको उल्लेख गर्दै सम्वन्ध सुधारका लागि बहसको नयाँ श्रृंखला प्रारम्भ गर्न आह्वान गरेका छन् । नरेन्द्र मोदीले प्रधानमन्त्री पदको सपद खाँदा उपस्थित भएका तीन वटा देश अहिले भारतसित टाढिएको तथा अन्य छिमेकीहरु पनि सतर्क रहेको उनको भनाई छ ।
‘सबैभन्दा बलियो उदाहरण नेपालसितको सम्वन्ध हो,’ इन्डियन एक्सप्रेसमा उनले लेखेका छन्, ‘मोदीले नेपाल भ्रमण गर्दा सम्वन्ध उत्कर्षमा पुगेको थियो, अहिले रसातलमा पुगेको छ ।’
चिदाम्बरमले दुई देशको सम्वन्ध सुधारका लागि नयाँ बहस आरम्भ गर्न भारतीय कंग्रेस र कम्युनिस्ट पार्टीहरुलाई आह्वान गरेका छन् । उनले नेपालका परराष्ट्रमन्त्री कमल थापा बैंगलोरबाट दिल्लीमा आउँदा जहाजमा आफू सँगै परेको र थापासित अनौपचारिक कुराकानी भएको उल्लेख गरेका छन् । थापासितको कुराकानी र नेपालमा रहेका चिनजानका व्यवसायीहरुसितको धारणाका आधारमा भन्दै उनले १० निस्कर्ष प्रस्तुत गरेका छन्, जून यसप्रकार छन्ः
१. मधेसीका सन्दर्भका केहि मुद्दाहरु छन् तर ती मुद्दाहरुलाई वार्ताका माध्यमले समाधान गर्न नेपाललाई भारतले आवश्यक समय र अवसर दिनुपर्छ । मधेसीहरुको मुद्दालाई उछाल्दा भारतले बाँकी जनसंख्यासित खाडल विरुद्ध मधेसीलाई होम्ने वातावरण बनाउनु हुन्न ।
२. नेपालको संसदले नयाँ संविधान पारित गरेको छ । यदी यसमा संसोधन आवश्यक छ भने वार्ता र संवादको माध्यमल गर्न सकिन्छ । (जसरी भारतीय संविधान सयौं पटक संसोधन भइसकेको छ ।)
३. मधेसीहरुको बाहुल्य रहेका देशभर १ सय १२ निर्वाचनक्षेत्र छन् । तिनीहरुमध्ये ११ जना जनप्रतिनिधीले मात्रै नयाँ संविधानको विरोध गरेका छन् ।
४. मधेसी बाहुल्य जिल्लाहरु भएको क्षेत्रलाई सिंगो प्रदेश दिइएको छ । उनीहरुको अर्को पनि मधेस बाहुल्य प्रदेश चाहन्छन् । यसलाई छलफलका माध्यमबाट सुल्झाउन सकिन्छ । यो नाकाबन्दीको कारण हुन सक्दैन ।
५. नेपालको संविधान लागू हुनबाट रोक्न भारतले धेरै ढिलो हस्तक्षेप गर्‍यो । अन्तिम घडीभन्दा पनि ढिलो । आफ्नो रोक्न चाहेको संविधान अन्ततः लागू भएपछि भारतले अपमानित महसुस गर्‍यो, जून न्यायोचित थिएन ।
६. नेपाली जनता, वा जनताको अत्यन्त ठूलो हिस्सा, विश्वास गर्छन् कि भारतले भारतले नाकाबन्दी लगाएको छ । साथै भारत सरकारले भारतीय तेल लगायतका आपूर्तिका वस्तुहरु रोक्न निर्देशन दिएको छ । वास्तविकता जे भए पनि यो एउटा दृष्टिकोण हो जून समयको अन्तरालमा अझ बलियो हुँदै गएको छ ।
७. नेपालमा राष्ट्रियताको भावना उच्च विन्दुमा पुगेको छ र सँगसँगै भारतविरोधी जनमत पनि । मधेसी बाहुल्य निर्वाचन क्षेत्रबाट निर्वाचित भएका संसदहरुले समेत नाकाबन्दीमा भारतलाई दोषि देखाइरहेका छन् । त्यहि भएर चार महिनासम्म असैह्य कष्ट सहनुपर्दा समेत सरकारको विरोधमा जनता उत्रेका छैनन् । उनीहरु साहसपूर्वक परिस्थितिको मुकाबला गर्न प्रतिवद्ध छन् ।
८. अनुभवी राजनीतिज्ञ विदेशमन्त्री हुँदा, प्रतिभाशाली कुटनीतिज्ञ विदेश सचिव हुँदा र प्रभावशाली सुरक्षा विज्ञ राष्ट्रिय सुरक्षा सल्लाहकार हुँदा भारतले नेपालसितको सम्वन्धमा रणनीतिक गल्तिहरु कसरी गर्‍यो ?
९. भारतले अत्यन्त ढिला नेपालको संविधान रोक्न खोजेर गल्ति गर्‍यो । प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई निर्वाचित हुन नदिने गुप्त खेले खेलेर अर्को गल्ति गर्‍यो । सुशील कोइरालालाई प्रधानमन्त्री बन्न प्रेरित गरेर तेस्रो गल्ति गर्‍यो, जबकी कोइरालालाई राष्ट्रपति पद दिन केपी ओली तयार थिए ।
१०. नेपालले भारतीय राजनीतिक पार्टीहरु र संसदले दुई देशबीचको सम्वन्ध सुधारमा भूमिका खेलुन् भन्ने चाहेका छन् ।


Post a Comment

 
Top