काठमाडौँ, २५ मंसिर । किर्तिमान पनि कस्ता कस्ता कस्ता । ज्यानै जोखिममा पारेर गरिने साहसिक कितिमानीहरुको संख्या बढीरहेका बेला स्विस नागरिक लाजारो लासो स्कलरले संसारकै अग्लो चट्टानी भिरबाट हाम फालेर विश्वकिर्तिमान कायम गरेका छन् ।

२७ वर्षे स्कलरले ६० मिटर अग्लो चट्टानबाट आफ्नो ज्यानलाई हावामा छोडिदिएका हुन् । उनले स्विजरल्याण्डको टिसिनोस्थित ५८ दशमलब ८ मिटर अग्लो झरनायुक्त छाँगोबाट हाम फालेका हुन् ।



यो सफल किर्तिमानसँग स्कलरले गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउन सफल भएका छन् । उनको यो साहसिक काम हेर्न सयौँको संख्यामा मानिसहरु उपस्थित भएका थिए ।


Post a Comment

 
Top