काठमाडौ, २५ मंसिर । सहमतिका नाममा नेपाली राजनीतिलाई निकास दिन भन्दा पनि अतिरञ्जित बनाउँदै आएका भारतीय राजदुत राजदुत रञ्जित रे फेरी र्जुमुराउन थालेका छन् ।

मधेसवादी दलहरुले भार भ्रमण गरेर आए लगत्तै दैनिक आधा दर्जन भेटघाट र छलफलमा सहभागी बनीरहेका रे यतिवेला तराईमा आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रमुख दलहरुवीच सहमतिको लागि निक्कै सक्रिय रहेका छन ।

रे कै नेतृत्वमा मधेसी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको बैठक लत्याएर दुतावासको प्वाल हुँदै दिल्लीको दरबार सम्म पुरयउने काम गरेका थिए ।

दिल्लीबाट मधेसी दलहरु फर्के लगत्तै रेले मधेसी नेताहरुलाई सहमतिमा ल्याएर आन्दोलन टुङग्याउन र वार्ताका माध्यमबाट सहमति खोज्न भन्दै दबाब दिन थालेको बताइन्छ ।

उच्च स्रोतका अनुसार नेपालको समस्या समाधानका लागी यस अघि सरकारले भारतलाई उपलब्ध गराएको चार बुँदे प्रस्तावमै सहमति जुटाउन रे दौडधुपमा लागीपरेका छन ।

Post a Comment

 
Top