२१ मंसिर, कपिलवस्तु । कपिलवस्तुमा मधेसी मोर्चाका कार्याकर्ताहरुले  अाइतबार राति दुईटा ट्रकमा आगजनी गरेका छन् ।

कृष्णनगरबाट प्याज लिएर चन्द्रौटा जादै गरेको ना ६ ख १२४८ र चन्द्रौटादेखि कृष्णनगर जादै गरेको लु १ ख ८७४८ नम्बरको खाली ट्रकमा राति १० बजे आगजनी भएको हो ।


कपिलवस्तुको कृष्णनग-चन्द्रौटा सडक खण्डमा बन्दको अवाज्ञ गरी तेलको कालो बजारी गरी गाडी चलाएको भन्दै मधेसी मोर्चाका कार्याकर्ताहरुले दुई ट्रकमा आगजानी गरेका हुन् ।

मोर्चाका कार्यकर्ताले जावभरी र रुद्रपुरको बीचमा ट्रकमा आगजानी गरेका हुन् ।

Post a Comment

 
Top