डिसीनेपाल डटकम - सरकार, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र मधेसी मोर्चाबीच आइतबार अपरान्ह सिंहदरबारमा भएको वार्ता पनि निश्कर्षबिहीन भएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजनामा सिंहदरबारमा भएको वार्तामा सुशील कोइराला सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव अगाडि बढाउने नेपाली काँग्रेसको प्रस्तावमा आन्दोलनरत मधेशी मोर्चा असहमत भएपछि बैठकले निष्कर्ष निकाल्न नसकेको हो ।

संविधान संशोधन विधेयक र भूकम्पपछिको पुनर्निर्माण विधेयकलाई एक साथ अघि बढाउनुपर्ने कांग्रेसको प्रस्तावलाई मोर्चाले मानेन भने पुनर्निर्माण विधेयकलाई प्रकियामा लगेर संविधान संशोधनमा बारेमा थप छलफल गरौं भन्ने मोर्चाको प्रस्तावलाई पनि कांग्रेसले अस्वीकार गरेको छ। आन्तरिक गृहकार्य र छलफल गरेर फेरि वार्तामा बस्ने गरी एक घन्टामै वार्ता टुंगिएको हो।

एकिकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले संशोधन प्रस्तावलाई थाँती राखेर भूकम्पपछिको पुननिर्माण प्राधिकरणको विधेयक अघि बढाउन काँग्रेसले नमानेको बताए।


वार्तामा प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका सदस्यहरु, मोर्चा र कांग्रेसका शीर्ष नेताहरु सहभागी थिए। आन्दोलनरत मधेसी मोर्चाले राखेका मागहरुलाई सम्बोधन गरेर निकास खोज्ने पहलस्वरुप प्रधानमन्त्रीले मोर्चा र कांग्रेसलाई वार्तामा बोलाएका हुन्।

13 Dec 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top