काठमडौँ, २० मङ्सिर / उपप्रधानमन्त्री कमल थापाले सीमा नाकामा देखिएको अवरोध र अघोषित नाकाबन्दी यथाशीघ्र अन्त्य भएर पारवाहन र आपूर्ति व्यवस्थापनमा सहज हुने बताउनुभएको छ ।
व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा परराष्ट्रमन्त्री थापाले भन्नुभयो, “भारतीय नेतासँग भएको पछिल्लो कुराकानीबाट अब यो समस्या सामाधानतर्फ उन्मुख भएको आशा र विश्वास लिएको छु, यद्यपि परिणाममा त्यो कुरा रुपान्तरण भएसम्म हामीले ढुक्क भएर बस्ने अवस्था छैन, निरन्तर सचेत रहनुपर्छ र यसको लागि कूटनीतिक प्रयासलाई निरन्तर रुपमा जारी राख्न सरकार सचेत छ” परराष्ट्रमन्त्री थापाले भन्नुभयो ।
मधेसकेन्द्रित दलबाट भएको आन्दोलन र भारतबाट पारवहन तथा आपूर्तिमा भएको अघोषित नाकाबन्दीबाट नेपाली जनताले धेरै कष्टका साथै देशले आर्थिक र मानवीय सङ्कट ब्यहोर्नु परिरहेको बताउँदै उहाँले सो समस्या समाधानका लागि राजनीतिक, आपूर्ति व्यवस्थापन र कूटनीतिक पक्षबाट मुख्य रुपमा पहलकदमी भइरहेको जानकारी दिनुभयो ।
मधेसकेन्द्रित राजनीतिक दलले सञ्चालन गरेको आन्दोलन मार्फत उठाएको मागलाई सम्बोधन गर्ने क्रममा सरकार, प्रमुख प्रतिपक्ष अन्य राजनीतिक दलबाट सघन प्रयास भइरहेको जनाउँदै उपप्रधानमन्त्री थापाले समस्या समाधानका लागि विभिन्न चरणमा औपचारिक र अनौपचारिक वार्ताका प्रयास प्रभावकारी रुपमा सम्पन्न भइसकेको बताउनुभयो । वार्ताकै माध्यमबाट विवादित विषयमा साझा धरातल खोज्ने प्रयास भइरहेको बताउँदै उहाँले भन्नुभयो, “विवाद साँगुरो हँुदै गएको प्रस्ट देख्न सकिन्छ ।”
सत्तारुढ दल र प्रतिपक्षले मधेसकेन्द्रित दलले उठाएका मागलाई सम्बोधन गर्न साझा प्रस्ताव तयार गर्नु आफैँमा ठूलो उपलब्धि हो भन्दै उपप्रधानमन्त्री थापाले साझा प्रस्तावले आन्दोलनरत दलको महत्वपूर्ण मागलाई सम्बोधन गरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “यद्यपि आन्दोलनरत दलले त्यस सम्बन्धमा सकारात्मक धारणा बनाइसकेका छैनन्, प्रस्तावले आगामी दिनमा एउटा राष्ट्रिय सहमति कायम गर्नका निमित्त योगदान पु¥याएको छ ।”
भारतीय पक्षबाट आवश्वासन दिइए अनुरुप सीमा नाकामा देखिएको अवरोध हटाउन आवश्यक पहल नभएकामा आपूmहरुले भारतीय नेतासँग खुला र गहन रुपमा पछिल्लो पटक छलफल गरेको बताउँदै मन्त्री थापाले भन्नुभयो, “भारतीय पक्षबाट दिइएको आवश्वासन कार्यान्वयन नभएकामा तथ्यगत र प्रमाणगत आधारमा कुरा भएको छ, चाँडै समस्याको समाधान हुनेमा म निकै आशावादी भएको छु, मलाई विश्वास छ, अवरोध र नाकाबन्दी चाँडै अन्त्य हुने छ ।”


Post a Comment

 
Top