काठमाडौं, १९, मंसिर । स्वरसम्राट नारायणगोपालको आज २५ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । देशभर उहाँको सम्झनामा बिभिन्न कार्यक्रमहरु गरिदैछ । विक्रम संवत १९९६ मा बाबु आशागोपाल र आमा रामदेवी गुरुवाचार्यको कोखबाट काठमाडौमा जन्मिएका गायक नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो ।

१ सय ५७ वटा नेपाली गीत गाएका नारायणगोपाल नेपालका सबैभन्दा सफल आधुनिक गायक हुनुहुन्छ । सर्वोत्तम संगीतकार, सर्वोत्तम गायक, रत्न रेकर्ड पुरस्कार, गोरखा दक्षिण बाहु, चौथो लगायत थुप्रै पुरस्कारबाट स्वर सम्राट नारायण गोपाललाई सम्मान गरिएको छ । घरमा सांगीतिक वातावरणमा हुर्केका नारायणगोपालले २०१७ सालमा रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गराउनुभएको थियो ।

उहाँका एउटा मान्छेको मायाले कति ‘मलाई नसोध कहाँ दुख्छ घाउ, ‘स्वर्गकी रानी’, ‘आँखाको भाका आँखैले’, ‘मलाई नसोध कहाँ दुख्छ घाऊ’ , दुईटा फुल देउरालीमा, जुन फुल मैले रोजेको थिएँ कसैले टिपेछ, पर्खी बसेँ आउला भनीलगायतका थुप्रै गीत अहिले पनि लोकप्रिय छन् । ‘बागीना’ पत्रिकाको सम्पादक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक एवं सनचार मन्त्रालयका सल्लाहकारसमेत रहेका स्वरसम्राट नारायण गोपालको २०४७ मंसिर १९ गते निधन भएको थियो ।

Post a Comment

 
Top