
![]() |
डिसीनेपाल डटकम – नेकपा एमालेका नेता माधव कुमार नेपालले नेपालको घरेलु समस्याका समाधानको विषयमा छलफलका लागि मधेशी नेताहरु भारतीय दूतावास धाउनु मुलुककै लागि लाजमर्दो भएको बताएका छन्।
नेपाल राजनीतिशास्त्री समाजले शनिबार काठमाडौमा गरेको अन्तक्रियामा एमालेका विदेश विभाग प्रमुख नेता नेपालले यस्तो बताएका हुन् । कार्यक्रममा उनले नेपाली रगत भएको नेताको स्वाभिमानले आफ्नो आन्तरिक समस्याका बारेमा भारतीय दूतावाससँग गुहार माग्नै नदिने बताए।
उनले मुलुकको आन्तरिक समस्याका बारेमा भारतीय दूतावास धाउनु र अझै नपुगेर लस्करै दिल्ली जानु स्वाभिमानी नेपालीका लागि अपाच्य भएको बताए।
नेपालसँगको सम्बन्धलाई ध्यान नदिइ दल र दल विशेषका नेतासँगको सम्बन्धलाई महत्व दिए त्यसबाट भारतले ठूलो नोक्सानी व्यहोर्नुपर्ने उनको भनाइ छ ।
एमालेका विदेश विभाग प्रमुख नेपालले सरकारको कुटनीतिक पहल फितलो भएका कारण नाकाबन्दी लम्बिएको भन्दै नाकाबन्दीको विरोधमा आ आफ्नो तहबाट कुरा उठाउन राजनीतिशास्त्रीहरुसँग आग्रह गरे।

![]() |
Post a Comment