मंसिर १५, २०७२- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागबारे छलफल गर्न प्रमुख दुई दल कांग्रेस–एमाले आन्तरिक बैठकमा ब्यस्त भएका छन् ।

कांग्रेस पदाधिकारीको बैठक सभापति सुशील कोइराला निवास महाराजगञ्जमा जारी छ । एमाले शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

कांग्रेस एमालेले आन्तरिक छलफल गरेपछि दुई पार्टीको संयुक्त बैठक बस्ने तयारी छ ।

मोर्चाले आफ्नो मागमा कांग्रेस, एमाले र एमाओवादीको संयुक्त धारणा माग गरेको छ । मोर्चाका अधिकांश माग प्रमुख दल सकारात्मक भए पनि सिमांकन सच्याउन सहमत छैनन् ।


Post a Comment

 
Top