१६ मंसिर, कावासोती । नवलपरासीको सनही ९ मा कालोबजारीका लागि इन्धन ल्याएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताहरुले एक युवकको शरिरमा आगो लगाइदिएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार रुपन्देहीको फर्साटिकरका १८ वर्षीय सन्दिप यादव गम्भीर घाइते छन् ।

यादवको कम्मर मुनिको भाग जलेको छ । उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।

नेपाल भारत सीमाक्षेत्रबाट डिजल ल्याउँदै गरेको अवस्थामा नवलपरासीको सनहीमा उनले ल्याएको डिजलसहित उनलाई जलाइएको र यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top