बिहीबार लाहानमा पत्ररकासँग कुरा गर्दै अध्यक्ष महतोले भने,' नाकाबन्दीले जति अप्ठ्यारो काठमाडौंलाई पारेको छ त्यो भन्दा बढी मधेसलाई।' मोर्चा र भारतलाई गाली गर्नुभन्दा मधेसको माग सम्वोधनमा तीन दलले गम्भीरता अपनाउनुपर्ने उनको भनाइ थियो।

महतोले प्रमुख तीन दल सीमकंनका विषयमा साझा धारणा बनाएर वार्तामा प्रस्तुत भए मात्र वार्ताले सार्थकता पाउने बताए्। 'अब दुनियालाई देखाउने वार्ताको औचित्य छैन,' उनले भने, 'सीमांकनमा तीनै दलले एकमतको धारणा बनाएपछि मात्र वार्ताले सार्थकता पाउँछ।' 'सोमबारको वार्तामा पनि तीन दलको सीमांकनबारे धारण पुरानै थियो,' उनले भने, 'तीन दल पहिला आफु स्पष्ट होस।'

मोर्चाका तर्फबाट सीमांकनको प्रस्ट माग राखिसकिएको भन्दै महतोले भने, 'झापादेखि कञ्चनपुरसम्म स्वायत मधेस थरुहट प्रदेश हाम्रो माग हो। अब पालो तीन दलको हो उनीहरु आफ्नो यसमा साझा धारणा हामीसँग राखुन, अनि वार्ता अगाडि बढाउँदा सार्थक रुप ग्रहण गर्छ।' अहिले तीन दलका एउटा नेता एक थरी र अर्को अर्को थरी धारण सार्वजनिक गरेर वार्तालाई हलुवा बनाएको महतोको गुनासो थियो । 'तीन दलले तीन थरी धारणाले वार्ताप्रति उनीहरुको नियत गम्भीर नभएको प्रस्ट हुन्छ,' महतोले टिप्पणी गरे, 'आन्दोलन छोडेर निश्कर्षहीन वार्ताका लागि कति पटक काठमाडौं धाउने?

Post a Comment

 
Top