Via:ekantipur

आइतबार चितवनको भरतपुरमा प्रेस चौतारी जिल्ला शाखाले आयोजना गरेको पत्रकार भेटमा बोल्दै नेता नेपालले सरकारी ओहोदामा बसेर भ्रष्टाचार गर्नेलाई केही नगर्ने भन्दै सरकारी ओहोदामा नै नभएको व्यक्ति र कुनै इस्यु नभइ पार्टीका सुरेन्द्र पाण्डे, विजय पौडेल र राजेन्द्र पाण्डेको नाम सार्वजनिक हुनु आश्चर्य भएको बताए । ‘ अख्तियारले यो अन्त्यन्त बेठिक काम गरेको छ,’ उनले भने,‘ यसरी हेर्दा पोल्टिकल ढंगले अख्तियार चल्न खोजेको देखिन्छ ।’



नेता नेपालले आन्तरिक समस्यालाई लिएर मधेसवादी दलका नेताहरु भारत जानु गलत भएको बताए । ‘ यो तरिका गलत हो ,’ उनले भने,‘ सरकारी प्रतिनिधि मण्डल जान्छन्, जान नहुने भन्ने होइन, नेपालको आन्तरिक विषयमा सरकारका प्रतिनिधिले छलफल गर्ने कुरा उचित होइन ।’

उनले यहाँ बसेर वार्ताको माध्यमबाट समस्या हल गर्नुको साटो दिल्ली गएर समाधान खोज्नु तरिका राम्रो नभएको उल्लेख गरे । तराइमा लामो समयदेखि भइरहेको आन्दोलनले सबैभन्दा बढी समस्या तराइमा नै सिर्जना भएको बताउँदै उनले आन्दोलनका कारण विद्यार्थीको भविष्य चौपट भएको, ज्यालादारीमा काम गर्ने, उद्यमी, विरामीहरुलाई सबैभन्दा बढी मर्कामा परेको बताए ।

उनले समस्या समाधानमा वर्तमान सरकार संविधान संशोधन तर्फ लागि सकेकोले चाँडै समस्या समाधान हुने पनि दाबी गरे । उनले नेपाल तर्फका अरु नाकाहरु सहज भएपनि भारतले जानाजानी ढुवानीमा अवरोध गरेर अघोषित नाकाबन्दी गरेको र त्यसले सबैभन्दा बढी भारतकै सीमावर्ती शहरहरुको व्यापारीहरुलाई समस्या भएको उल्लेख गरे । नेता नेपाल सहित केन्द्रीय कमिटीका नेताहरु मधेसमा जारी आन्दोलन र त्यसले मुलुकमा पारेको प्रभाव बारे छलफल गर्न चितवनको सौराहा आएका छन् ।

केन्द्रीय कमिटीको आयोजना तथा जिल्ला कमिटी चितवनको व्यवस्थापनमा सोमबार र मंगलबार सौराहामा भेला हुँदै छ । प्रधानमन्त्री केपी ओलीले उद्‌घाटन गर्ने भेलामा एमालेका केन्द्रीय पदाधिकारी, स्थायी समिति सदस्य तथा केन्द्रीय समेत गरि २ सय ३५ भन्दा बढीको सहभागिता रहने छ ।

Post a Comment

 
Top