Via:Tajakhabar


काठमाडौँ, २३ मंसिर  । वैशाख ११ गतेको विनाशकारी भुकम्प पश्चात मुलुकमा महगीं र अभावले सिमा नाघेर आम जनता हैरान परीरहेका बेला भारतीय नाकाबन्दीले जनतालाई मर्नु न बाँच्नु तुल्याएको छ । सरकारले चाहेर पनि निकास निकाल्न सकिरहेको छैन ।

तर काठमाडौँका  प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले भने अझै हरेश खाइसकेका छैनन् । उनले आफु मूल्य वृद्धि रोक्न रातदिन नभनी कटीवद्ध भएर लागेको बताएका छन् । उनी अप्रत्याशित रुपमा बढेको मूल्य वृद्धि रोक्न आँफै कसिएका छन्।

उनले कालोबजारीको सूचना दिनको लागि आफ्नै पर्सनल मोबाइल नम्बर  ९८५१२०७७७७ दिँदै कसैले कालोबजारी गरे तत्कालै यसमा खबर गर्न समेत आग्रह गरेका छन् । उनले सार्वजनिक रुपमा नै भनेका छन्  म चौविसै घन्टा उपभोक्ताको फोन उठाएर तत्कालै कारवाही गर्छु तपाई मलाई १ कल फोन मात्रै गर्नुहोस् । कालोबजारी गर्नेलाई म कसरी पाता कस्छु त्यो मलाई थाहा छ ।

 

Post a Comment

 
Top