मंसिर २६, २०७२- खाना पकाउने ग्यासको अभावमा बिजुलीको अत्यधिक माग बढेपछि २० दिनयता ७६ ट्रान्सफरमर पड्किएका छन् । राजधानीमा एकाएक बढेको बिजुलीको माग थेग्न नसकेपछि ट्रान्सफरमर र कन्डक्टर पड्किएको विद्युत् प्राधिकरणको भनाइ छ ।

‘२२ दिनयता ७६ ट्रान्सफरमरमा समस्या देखिएको र हाल मर्मत भइसकेको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले भने । राजधानीमा सामान्यता बिजुलीको माग ३ सयदेखि ३ सय ५० मेगावाट हुने गरको थियो । तर, ग्यास अभाव भएपछि हिटर, इन्डक्सन चुलोलगायत विद्युतीय सामग्रीको प्रयोग बढेपछि माग निकै बढेको छ । काफ्लेका अनुसार ४ सय ५० मेगावाटसम्म माग पुगेको छ ।

‘केही फिडरहरूमा त दोब्बर लोड पुगेको छ,’ उनले भने, ‘१०/१२ दिनमा सहज हुँदै जाने छ ।’ उनले ट्रान्सफरमर थप्ने र कन्डक्टर मर्मत भइरहेको बताए । ‘तर, उपभोक्ताले पनि एकैचोटि हिटर इन्डक्सन, पानी तान्ने मोटर आदि बढी लोड लिने उपकरण नचालाई दिन आग्रह छ,’ उनले भने ।

Post a Comment

 
Top