सुनसरी : स्थानीय युवा र विद्यार्थीहरुले मञ्चमा आगजनी गरेर भत्काइदिएपछि इटहरीमा आज हुने सभामा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष राजेन्द्र महतो इटहरी आएनन् । 

इटहरीमा हुन लागेको सभाका लागि बनाइएको मञ्चमा युवाहरुले आगो लगाइदिएपछि यादव र महतो दुबै इटहरी जान नसकेका हुन् । 
मानिसलाई जिउँदै जलाउनेलाई कार्यक्रम गर्न नदिने भन्दै इटहरीबासी व्यापारी, दलका कार्यकर्ता, विद्यार्थी र सर्वसाधरण प्रतिकारमा उत्रेपछि मोर्चाको कार्यक्रम प्रभावित भएको हो । 

कार्यक्रममा दुबै नेता नआएपछि करिब डेढ सयजनाको उपस्थितिमिा करिब सात सयजना सशस्त्र  र जनपथ प्रहरीको सुरक्षामा स्थानीय नेताहरुले कार्यक्रम गरेका छन् । 

स्थानीयबासीको प्रतिकारपछि इटहरीमा सुरक्षाव्यवस्था कडा बनाइएको छ । मोर्चाविरुद्ध स्थानीयबासीले राष्ट्रिय झण्डासहित नाराबाजी तथा जुलुस गरिरहेका छन् । 

Post a Comment

 
Top