इटहरी—बिहानैदेखि तनाबग्रस्त बनेको इटहरी बजार क्षेत्रमा अपारन्हसम्म पनि युवाको प्रदर्शन उतिकै सशक्त छ। सहर क्षेत्रका युवा सडकमा उत्रिएर मधेसी मोर्चा र भारतविरुद्ध नाराबाजी गरिरहेका छन्।

शुक्रबार बिहान मोर्चाले आमसभा गर्न लागेको इटहरीको पश्चिम चोक खेती खोला छेउमा बनाइएको मञ्च युवाहरुले जलाइदिएका थिए। जिउँदै मान्छे जलाउनेलाई कार्यक्रम गर्न नदिने भन्दै उनीहरुले मञ्च जलाइदिएका थिए।

अहिले स्थानीय युवा कार्यक्रमस्थलभन्दा थोरै पश्चिमतर्फ टायर बालेर प्रदर्शन गरिरहेका छन्। मधेसी मोर्चाका कार्यकर्ता जसरी पनि आमसभा गर्ने भनेर मञ्च बनाउने प्रयासमा छन्।

मधेसी मोर्चाको कार्यक्रमस्थलभन्दा अलिकति पश्चिम तर्फ र पूर्व तर्फ टायर बालेर चर्का नाराबाजी गरिरहेका युवालाई ठूलो संख्यामा परिचालन भएका सुरक्षाकर्मीले घेरेर राखेका छन्।
ithari protest2
मोर्चाको कार्यक्रम रोक्न हिजो बिहीबार राजनीतिक दलहरुका विद्यार्थी तथा युवा संगठनहरुले विज्ञप्ति जारी गरेका थिए। बिहानदेखि स्वतस्फूर्त युवा सडकमा उत्रिएका हुन्। प्रदर्शनको नेतृत्व कसैले गरेको छैन। प्रदर्शनमा विद्यार्थी, व्यापारी, सर्वसाधारण सहभागी छन्।
ithari protest1
मधेसी मोर्चाको कार्यक्रममा नेता उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोले सम्बोधन गर्ने भनेर प्रचार गरिएको थियो।



Post a Comment

 
Top