१५ मंसिर, नेपालगञ्ज । नेपालगञ्जको जमुनाहस्थित दशगजा क्षेत्रमा आन्दोलनरत थरुहट मधेस संयुक्त सर्घष समितिका कार्यकर्ताहरु धर्नामा बसेका छन् ।
धर्नामा बसेर उनीहरुले अवरोध गरेका कारण उक्त नाका भएर सञ्चालन हुने कुनै पनि मालबाहक सवारीका साधन सञ्चालन भएका छैनन् । मोटरसाइकल र इलेक्ट्रिक रिक्सा भने फाट्टफुट्ट सञ्चालनमा आएका छन् ।
सोमबार राति धर्नामा बसेका समितिका कार्यकर्तालाई प्रहरीले हटाउन खोजेपछि झडप भएको थियो । झडपका क्रममा एक प्रहरी घाइते भएका थिए ।
Jamunaha-Naka1
प्रहरीले धर्नाकारीले सीमा क्षेत्रमा राखेको टेन्ट हटाएपछि ढुंगामुढा गरेका थिए । उनीहरुले भारतीय भूमिमा पुगेर प्रहरीलाई ढुंगा प्रहार गरेका थिए ।
आफ्ना माग पूरा गराउन शान्तिपूर्ण रुपमा धर्नामा बसेका आफूहरुलाई प्रहरीले बल प्रयोग गरेर हटाउन खोजेको संर्घष समितिका संयोजक विजयकुमार गुप्ताले बताए । उनले भने-‘हामी शान्तिपुर्ण रुपमा धर्नामा बसेका थियौ, नेपाललाई चाहिने अत्यावश्यक वस्तुहरु नाकाबाट हामीले नेपाल भित्र्याउन कुनै अवरोध गरेका थिएनौं । तर, प्रहरीले बल प्रयोग गरी हामीलाई असफल बनाउन प्रयास गरेको छ । हामी लगातार धर्नामा बसेका छौं ।’ गुप्ताले आन्दोलनमा रहेका व्यक्तिहरुले केही ढुंगा प्रहार गरेको भए पनि धेरै आक्रमण नगरेको बताएका छन् ।
प्रदर्शनकारीहरुले भारतीय भूमि हुँदै २५/३० वटा पेट्रोल बम प्रहार गरेको स्थानीयले बताएका छन् ।
Jamunaha-Naka3
Jamunaha-Naka

Post a Comment

 
Top