पाँचथर, २४ मङ्सिर / (फाइल तस्विर) जिल्लाको दक्षिणी गाविस मौवाबाट सदरमुकाम फिदिम आउँदै गरेको जिप आज दुर्घटना हुँदा चारजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा याशोक–३ का भूपेन्द्र कार्की, मौवा–४ का नारायण तिम्सिना, मौवा–७ का लोकबहादुर लावती र जिप चालक याशोकका एन्जलिया थापा रहेका छन् ।
मे १ ज ६७० नं को जिप आङ्ना गाविसको सावा खोलामा १०० मिटर तल झरेर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो । घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल, फिदिम लगिँदैछ ।

Post a Comment

 
Top