१५ मंसिर, काठमाडौ । स्वतन्त्र उर्जा उत्पादक संघ (इपान)ले चीनसँग विद्युत ब्यापारको सम्झौता (पीटीए) गर्न सरकारलाई सुझाव दिएको छ ।
नबनियुक्त उर्जा सचिव सुमनप्रसाद शार्मालाई संघले अहिलेको विद्युत संकट पार लगाउन १४ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो सुझाव दिएको हो ।
इपानले चीनको तिब्बतबाट विद्युत आयात गर्न सकिने भएकाले २०७२ साल भित्रै चीनसँग पीटीए गर्न सुझाव दिएको हो ।
उसले तत्काललाई प्रसारणलाइन निर्माण गरेर विद्युत ल्याउन र भविष्यमा नेपालबाट चीनमा विद्युत बेच्न पनि सम्झौता आवश्यक रहेको ठहर्‍याएको छ ।
यसैगरी संघले नेपालमा कम्तिमा १० हजार मेगावाट बिजुली उत्पादन नभएसम्मका लागि उर्जा संकटकाल घोषणा गर्न पनि उर्जा मन्त्रालयसँग माग गरिएको छ ।
यसैगरी विगतका सरकारले गठन गरेका कार्ययोजना अनुरुप १० हजार मेगावाट बिुजुली उत्पादनको कार्ययोजना तत्काल मन्त्रिपरिषद्बाट पास गर्न, विद्युत आयोजनासँग सम्बन्धित मन्त्रालयको एकीकृत अधिकार प्राप्त डेक्स स्थापना गर्न र वातावरणीय स्वीकृति, जग्गा अधिग्रहण र रुख कटान लगायतका अधिकार त्यसैलाई दिन पनि इपानले सरकारलाई सुझाव दिएको छ ।
भूकम्पबाट क्षति भएका आयोजनालाई न्युन ब्याजदरमा ऋण दिन पनि संघले माग गरेको छ ।

Post a Comment

 
Top