सर्लाही-सर्लाहीमा मधेसी मोर्चाको आन्दोलनमा सहभागी नै नभएकी महिलाको मृत्युलाई लिएर अान्दोलनकारीले लाश माथि राजनीति गरेको प्रहरी दावि छ। अान्दोलनमा मारिएको भनिएकी महिला बिरामी रहेकी र उनको हृदयघातका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

अान्दोलनकारीले प्रहरीले गोली चलाएपछि भएको भागदौडमा मृत्यु भएको भन्दै शव सडकमा राखेर प्रदर्शन गरेका थिए।

नवलपुर–६ की राधिका साहको उपचारका लागि हिडेर अस्पताल जादै गर्दा अचानक सडकमा ढलेकी र अस्पताल पुग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक महिलाको शव नवलपुर चोकमा राखेर अान्दोलनकारीले शुक्रबार बिहानैदेखि पूर्व-पश्चिम राजमार्ग अबरुद्ध गरेका थिए।

प्रहरीले भागदाैड वा कुनै चोटपटक लागेर ति महिलाको मृत्यु नभएको स्पष्ट पारेको छ। उपचारका लागि अस्पताल जादै गरेकी उनको बाटोमा हृदय घात भएर मृत्यु भएको र उनका उपचारका कागजातसहित सबै विवरण लिएको प्रहरीले जनाएको छ। प्रहरी नायव उपरीक्षक रमेश खड्काका अनुसार महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिदै छ।

'अरू नै कारणले मृत्यु भएको व्यक्ति प्रहरी दमनमा मारियो भनेर यस्तो फोहरी राजनीति भयो,' खड्काले नागरिकन्युजसँग् भने 'एकातिर अान्दोलन भएको छ मृत्यु अर्कैतिर भएको छ,' उनले थपे 'बिहीबार बेलुका अान्दोलन चर्किएको हो उनको मृत्यु दिउसो भएको थियो।'



Post a Comment

 
Top