नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले मुलुकलाई निकास दिन मधेशको माग तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् । सरकारका उपप्रधानमन्त्रीहरुले बरालिएर अभिव्यक्ति दिएका कारण थप समस्या बल्झिने बताउँदै आफ्ना उपप्रधानमन्त्रीहरुलाई सम्हाल्न समेत थापाले आग्ह गरे । राजधानीमा बुधवार जिल्ला कार्य समिति काठमाडौँले आयोजना गरेको दबाब र्यालीमा बोल्दै काठमाडौँ क्षेत्र नं ४ का सभासद्समेत रहेका उनले यस्तो बताउका हुन् । थापाले संघीयताको विषयमा परिपक्व ढंगले निर्णय गर्न नसकेको बताए । उनले भारतले नेपालले पाउनुपर्ने पारवहन अधिकारलाई बिना कारण खोसे पनि नेपाली जनताले कति पनि विचलित नभई त्यसको सामना गर्ने बताए । फोटो र भिडियो - दिपेश राजथारू


Post a Comment

 
Top