काठमाडौँ, १६ मंसिर– बुधवार साँझ ८ बजेतिर वीरगन्जको रक्सौल नाकामा धर्नामा बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुलाई भारतीयहरुले आक्रमण गरेका छन् । आक्रमणमा पाँच जना आन्दोलनकारी घाइते भएका छन् । घाइतेको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

साँझ साढे ८ बजे आन्दोलनकारीहरु आन्दोलनकारी कम भएको समयमा भारतीयहरुको एक समूहले आक्रमण गरेको हो ।

आक्रमणपछि आन्दोलनकारी तितरबितर भएको समयमा एउटा भारतीय ट्रक रक्सौल छिरेको छ । संघीय समावेशी मधेसी गठबन्धनका नेता राजकुमार यादवले भने, ’केही साथीहरु खाना खान निस्कएको र आन्दोलनकारी कम भएको मौका छोपेर भारतीय उच्छृंखल समूहले आक्रमण गर्‍यो ।’

अढाई महिनादेखि नाकामा बसेर धर्ना दिँदा अत्यावश्यक सामानहरु भित्र्न सकेका छैनन् । साथै नेपालमा पेट्रोलियम पदार्थको पनि अभाव भएको छ । जसका कारण जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको छ ।

Post a Comment

 
Top