काठमाडौं, १८ मंसिर - इस्लामिक अतिवादी संगठन ‘इस्लामिक स्टेट’ (आर्इएस)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्लिम माथि ज्यादति गरको भन्दै अब भारत विरुद्ध लड्ने चेतावनी दिएको छ।
आर्इएसले मंगलवार सार्वजनिक गरिएको घोषणापत्रमा मुस्लिममाथि ज्यादती भएका कारण अबको युद्ध भारतमा केन्द्रित हुने बताइएको छ। मोदीलाई अति हिन्दु राष्ट्रवादी‘’को आरोप लगाएको आईएसले अब यो अभियान भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान लगायतका मुलुकमा विस्तार घोषणापत्रमा उल्लेख गरेको छ।

घोषणापत्रमा भारतको राजनीतिक अवस्थाको विश्लेषण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अतिवादीको संज्ञा दिइएको छ। मोदीलाई उसले हतियारको पूजा गर्ने दक्षिणपन्थी हिन्दु राष्ट्रवादी भएको विश्लेषण गरेको छ। ‘भारतमा हिन्दुहरुको गतिविधि निकै बढेको छ, जसले गाई खाएको अभियोगमा मुस्लिमहरुलाई मारिरहेका छन्’ आर्इएसको घोषणापत्रमा भनिएको छ।

भारतमा मुस्लिममाथि ज्यादती भएका कारण त्यहाँ आइएसको गतिविधि बढाउनुपरेको घोषणापत्रमा बताइएको छ। एजेनसी - 


Post a Comment

 
Top