मंसिर १९, २०७२- भारतीय नाकाबन्दी विरुद्ध मौलिक बन्दको संज्ञा दिँदै गत १३ गते आइतबार नेपाल बन्दको दिन एकाबिहानै मलेखु–धादिङबेंसी कालु पाण्डे मार्गमा ट्रकमा आगजनी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

बन्दकर्ताले गत आइतबार बिहान ७ बजे चितवनबाट इँट्टा बोकेर धादिङबेंसी आउँदै गरेको ना४ख ७१३० नम्बरको ट्रकमा नलाङ–६,कालीदह स्थित सिक्रेखोलामा आगजनी गरेका थिए ।


‘घटनास्थल पारीको वस्ती कुम्पुर–८ निवासी ३८ वर्षीय शंखनारायण श्रेष्ठलाई पक्राउ गरि आवश्यक अनुसन्धान थालिएको छ । आगजनीमा संलग्न अर्को एक व्यक्ति फरार छ,’ प्रहरी नायव उपरीक्षक सविन प्रधानले बताए ।

उक्त घटनाको बन्दकर्ता लगायत कुनै पनि राजनैतिक दलहरुले जिम्मेवारी लिएका थिएनन् । नेकपा माओवादी विप्लव पक्षका धादिङ जिल्ला संयोजक रामकुमार श्रेष्ठ लगायत अन्य कार्यकर्ताहरु घटना पछि अर्धभूमीगत छन् ।




`

Post a Comment

 
Top